बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो « Khabarhub

उपनिर्वाचन :

बारा र चितवनको मतगणना स्थलमा तारजाली लगाइयो


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन–२ र बारा–२ को मतगणना तार जाली भित्र गरिने भएको छ ।

मतदानको क्रममा विवाद भएपछि बारा–२ र चितवन–२ को मतगणना स्थलमा तार जाली भित्र गर्न लागिएको हो ।

आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणना स्थलमा तार जाली लगाएको छ । बाराको मतगणना स्थलमा बाँसले घेरेर तार जाली लगाइएको छ भने  चितवनमा फलामे घेराबन्दी गरिएको छ ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँधली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङ्घन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलीय बैठक अस्वीकार गरेको थियो ।

दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तार जाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ०३ बजे

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ