सिन्धुपाल्चोकका वन डढेलोले सखाप « Khabarhub

सिन्धुपाल्चोकका वन डढेलोले सखाप


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चौतारा – सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो ।

त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिएका छन् । उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ५५ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै