खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपालका खड्का बने उत्कृष्ट रेफ्रि « Khabarhub

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपालका खड्का बने उत्कृष्ट रेफ्रि


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्काले उत्कृष्ट रेफ्रिको भूमिका निर्वाह गरेका छन् ।

जापानको ओसाकामा भएको उन्नाइसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा उनलाई आयोजकले उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा सम्मान गरेको छ ।

शनिबार ओसाकास्थित सकाई सिटीमा सुरु भएको प्रतियोगितामा उनले २ फाइनल र ५ सेमिफाइनलसहित १३ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पारेका छन् । प्रतियोगितामा उनले ६.२७ अंक सहित जीत हासिल गरेका हुन् ।

खड्काले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । उनले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

उक्त खेलमा २४ देशका ५०० भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : ५५ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि