बोक्सीखोलामा चौँरीको आलो रगत पिउनेको भीड « Khabarhub

बोक्सीखोलामा चौँरीको आलो रगत पिउनेको भीड


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौँरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौँरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो ।

मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन् । रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिए ।

हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बालयायतका जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिस चौँरीको आलो रगत पिउन आउने गरेका स्थानीयवासीले बताएका छन् ।

‘पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रूपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौँरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ’, स्थानीय नरबहादुर हिराचनले भने ।

रगत निकाल्नाले चौँरी स्वस्थ हुने भएकाले वर्षमा दुई पटक चौँरीको शरीरबाट रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरि चौँरीपालन समूहमा आबद्ध गोविन्द शेरचनले जानकारी दिए। एउटा वयस्क चौँरीबाट ३० गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन् ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्ट्रिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ । मेलामा पालो परेको गोठको चौँरी ल्याएर राखिन्छ ।

जिउँदो चौँरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त रगत निकाल्ने व्यक्ति (स्थानीय भाषामा आम्जी) ले चौँरीको घाँटीमा सुइरो (चापो) ले नशामा कोपेर रगत निकाल्ने गर्दछन् ।

रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ । मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । चौँरीको दूधबाट दही, घिउ, चिज र छुर्पी लगायतका परिकार बनाएर बिक्री गरिन्छ । चौँरीको सिङलाई खच्चडको घाँटीमा झुन्ड्याइने घण्टीको रूपमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रूपमा प्रयोग गर्ने गरिन्छ । चौँरीको मलमूत्र खेतबारीमा प्रयोग हुन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : १३ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि