संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई एन्फाले गर्‍यो कारबाही « Khabarhub

संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई एन्फाले गर्‍यो कारबाही


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई जरिवाना सहित कारबाही गरेको छ ।

एन्फाका अनुसार जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आचारसंहिता उल्लङ्घन गरेको भन्दै संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लब र क्लबका पदाधिकारीहरूलाई कारबाही गरिएको हाे ।

एपीएफ क्लबविरुद्धको खेल सुरु हुन ढिलो गराएको भन्दै संकटालाई १० हजार जरिवाना तोकिएको छ । ‍यसैबीच सोही खेलको दोस्रो हाफ सुरु हुन ढिलो गराएको भन्दै एपीएफ क्लबलाई ५ हजार जरिवाना गरिएको छ ।

एपीएफका पदाधिकारी जिवेश पाण्डेलाई मैदानमा प्रवेश गरी खेल ढिलो गराएको भन्दै ८ खेलका लागि प्रतिवन्ध लगाइनुका साथै म्याच अफिसियल ज्ञ्यान बहादुर मोक्तानमाथि हातपात गरेकोमा १० हजार जरिवाना तोकिएको छ ।

मछिन्द्रविरुद्धको खेलपश्चात ड्रेसिङ रुमको कुर्सी भाँचेको आराेपमा खुमलटारलाई १० हजार रुपैया र न्यूरोड टिमविरुद्धको खेलका क्रममा रेफ्रीमाथि आक्रमण गरेको भन्दै मछिन्द्रलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ०७ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि