संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई एन्फाले गर्‍यो कारबाही « Khabarhub

संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई एन्फाले गर्‍यो कारबाही


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई जरिवाना सहित कारबाही गरेको छ ।

एन्फाका अनुसार जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आचारसंहिता उल्लङ्घन गरेको भन्दै संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लब र क्लबका पदाधिकारीहरूलाई कारबाही गरिएको हाे ।

एपीएफ क्लबविरुद्धको खेल सुरु हुन ढिलो गराएको भन्दै संकटालाई १० हजार जरिवाना तोकिएको छ । ‍यसैबीच सोही खेलको दोस्रो हाफ सुरु हुन ढिलो गराएको भन्दै एपीएफ क्लबलाई ५ हजार जरिवाना गरिएको छ ।

एपीएफका पदाधिकारी जिवेश पाण्डेलाई मैदानमा प्रवेश गरी खेल ढिलो गराएको भन्दै ८ खेलका लागि प्रतिवन्ध लगाइनुका साथै म्याच अफिसियल ज्ञ्यान बहादुर मोक्तानमाथि हातपात गरेकोमा १० हजार जरिवाना तोकिएको छ ।

मछिन्द्रविरुद्धको खेलपश्चात ड्रेसिङ रुमको कुर्सी भाँचेको आराेपमा खुमलटारलाई १० हजार रुपैया र न्यूरोड टिमविरुद्धको खेलका क्रममा रेफ्रीमाथि आक्रमण गरेको भन्दै मछिन्द्रलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ०७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी