हिउँचितुवाको वासस्थान अध्ययनबारे विज्ञहरूबीच अन्तरक्रिया « Khabarhub

हिउँचितुवाको वासस्थान अध्ययनबारे विज्ञहरूबीच अन्तरक्रिया


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थाहरू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग,फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोजनाहरूबारे प्रकाश पारेका थिए । 

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययान केन्द्रकोतर्फबाट उपप्राध्यापक डा। नारायणप्रसाद कोजुले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकट क्षेत्रहरूमा वासस्थान बनाएका हिउँचितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिनादेखि स्थानीय बासिन्दाहरूसमेतको सहयोगमा गरिरहेका छन् । अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढी हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ ।

ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्द्धन गर्न सकिनेबारे दुवै पक्षले अन्तरक्रियामा सहमति जनाए । अन्तरक्रिया कार्यक्रममा उक्त अध्ययनको प्रारम्भिक उपलब्धीहरूबारे डा. नारायणप्रसाद कोजूले विस्तृत रूपमा प्रकाश पारेका थिए 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी