काठमाडौँबाट उडेको विमान सुरक्षित रूपमा दुबई आउँदैछ : फ्लाई दुबई « Khabarhub

काठमाडौँबाट उडेको विमान सुरक्षित रूपमा दुबई आउँदैछ : फ्लाई दुबई


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको फ्लाई दुबईले बताएको छ । फ्लाई दुबईका प्रवक्ताले विमान उड्नेबित्तिकै चरा ठोकिएको बताएको दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा उल्लेख गरिएको छ ।

‘फ्लाइ दुबईका प्रवक्ता काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो ।’ दुबईको सरकारी मिडियोको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगो देखिएको थियो । ठूलो आवाजसहित विमानमा आगो देखिएपछि नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो । तर धादिङको धार्केमाथि फन्को लगाउँदै इन्जिन सामान्य रुपमा आएपछि विमान गन्तव्य तर्फ अघि बढेको थियो ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ५१ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण