मिङ्मार पुरुषतर्फ र निनु महिलातर्फ स्पर्धामा पहिलो « Khabarhub

मिङ्मार पुरुषतर्फ र निनु महिलातर्फ स्पर्धामा पहिलो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनहरी – दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन्। मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन्।

मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे। सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे। महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन्। सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन्।

यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते। हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा भएको सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेन्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेन्डमा पूरा गरे। महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे। पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे।

यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन्। उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेन्डमा पूरा गरिन्। यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन्। सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते। उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेन्डमा पूरा गरे। सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन्।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना