नक्कली भुटानी शरणार्थी प्रकरण : आज अभियोजन दर्ता गर्ने तयारी « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अभियोजन दर्ता गर्ने तयारी


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । प्रहरीको रायकै आधारमा अभियोजन दर्ता हुने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका छन् ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्। प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म आजै अभियोग पत्र दर्ता गर्ने तयारी गरिएको हो । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिनेछ ।

यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।

यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ४२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता