कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत  « Khabarhub

कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत 


१० जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ।

कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र कुवेत पुगेका थिए।

उच्च रक्तचापको कारण उनको हार्ट स्ट्रोक भएको र गत मे ११ तारिखका दिन हस्पिटल पुगेको एनआरएनएले जनाएको छ। अहिले उनलाई भेन्टिलेटरद्वारा श्वास प्रश्वास गराइरहेको बताइएको छ।

डाक्टरका अनुसार उनको अवस्था गम्भीर रहेको छ। हाल उनको फर्वानिया अस्पतालको वार्ड २८ मा उपचार भइरहेको संघले जनाएको छ।

सोमबार एनआरएनए कुवेतका अध्यक्ष रनध्वोज लामाको टोली उनको अवस्था बुझ्न अस्पताल पुगेको र अध्यक्ष लामाले उनको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएको संघले जनाएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ४९ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो