प्रतिनिधिसभामा आज चौथो दिन नीति कार्यक्रममाथिको छलफल जारी रहने « Khabarhub

प्रतिनिधिसभामा आज चौथो दिन नीति कार्यक्रममाथिको छलफल जारी रहने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज चौथो दिन पनि जारी रहने भएको छ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ।

आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन्।

मंगलबारसम्म १ सय भन्दा बढी सांसदहरुले बोलिसकेका छन्। राष्ट्रियसभाले भने मंगलबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : ५७ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति