‘बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ’ « Khabarhub

‘बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ’


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिँदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरि सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ । 

‘नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्यांकन कार्यान्वयन भए पछि हुने हो’, उनले भने, ‘सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ । त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ ।’

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउँदै उनले कानुन अरुलाई मात्रै लागू हुने र आफ्ना लागि लागू नहुने भन्ने सोच खराब रहेको बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ । तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरूपमा काम गर्ने बनाउनका लागि आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उनले बताए। उनले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिए । 

संघीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाई गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ३ : १८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्