अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने एक युवक पक्राउ « Khabarhub

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने एक युवक पक्राउ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 

भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ३ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन