व्यापार घाटा न्यूनीकरण गर्न इमान्दारिता आवश्यक « Khabarhub

व्यापार घाटा न्यूनीकरण गर्न इमान्दारिता आवश्यक


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्बन्धी बैठकमा उनले सो कुरा व्यक्त गरेका हुन् । 

नेपालमा नीति बन्ने तर कार्यान्वयनमा कम जाने तथा कार्यान्वयनमा लगिएका नीतिले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको जनाउँदै मन्त्री रिजालले व्यापार घाटा न्यूनीकरणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।  

“नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयन खाकाबमोजिम आवश्यक साधन स्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप सञ्चालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सोको माध्यमबाट उल्लेख्यमात्रामा निर्यात व्यापार प्रवर्द्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको वर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेछ”, मन्त्री रिजालले भने । 

नेपालले विगत केही वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकबाट व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल व्यापार एकीकृत रणनीति, २०८० स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : ५९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको