प्रतिनिधिसभाको बैठकमा सांसद साहले लगाए हिन्दू राष्ट्रको नारा « Khabarhub

प्रतिनिधिसभाको बैठकमा सांसद साहले लगाए हिन्दू राष्ट्रको नारा


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य किरण कुमार साहले संसदको बुधबारको बैठकमा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार बैठकमा सम्बोधन गर्दै साहले मुलुकमा बढ्दो धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा उनले कसैले जनयुद्ध जिन्दावाद भन्ने गरेको, कसैले, जय नेपाल भन्ने गरेको त कसैले लाल सलाम भन्ने गरेको उल्लेख गर्दै आफू भने सनातन हिन्दू राष्ट्रको पक्षमा रहेको बताए । उनले भने, ‘कोही जनयुद्ध जिन्दावाद भन्‍नुहुन्छ, कोही जय नेपाल भन्‍नुहुन्छ, कोही लालसलाम भन्‍नुहुन्छ, कोही कमरेड भन्‍नुहुन्छ, तर म यही रोस्ट्रमबाट सनातन हिन्दू राष्ट्र नेपाल जिन्दावाद भन्‍न चाहन्छु ।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा बुँदा नम्बर ७ मा संविधान कार्यान्वयन उत्साहजनक रहेको उल्लेख गरेपनि त्यसमा सत्यता नभएको उनको दाबी छ ।

उनले प्रश्न गरे, ‘‘म सरकरलाई संविधानको धारा ४ स्मरण गराउन चाहन्छु । जहाँ लेखिएको छ, ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण साथै धर्म र संस्कृतिको स्वतन्त्रता सम्झिनुपर्छ ।’ तर, के हामी भयरहित वातवरणमा सनातन धर्म संस्कृति मनाउन सकिरहेका छौं ?’

पछिल्लो समय भयरहित वातावरणमा सनातन धर्म मान्‍नेहरुले आफ्नो पर्व मनाउनसमेत त्रसित हुनुपर्ने स्थिति सिर्जना भएको भन्दै उनले रौतहट, कपिलवस्तु, धनुषा, महोत्तरीलगायतका जिल्लामा हिन्दू धर्मावलम्बीको चाडपर्वमा अतिवादीबाट आक्रमण भइरहेको टिप्पणी गरे ।

सनातन भन्‍नाले हिन्दू धर्म मात्र भन्‍ने अर्थ नलगाइयोस् भन्दै उनले यसमा हिन्दूसँगै, बौद्ध, किराँतलगायतका अन्य धर्म मान्‍नेहरुमा पनि धर्मान्तरणको चपेटामा परेको बताए । उनले भने ‘यसरी राष्ट्रिय संस्कृति र सभ्यता नै खतरामा परेको बेला के यो विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नु हुँदैन ? त्यसैले यो रोस्टममा मैले सनातन हिन्दू राष्ट्र जिन्दावादको नारा लगाएको हो ।’

रौतहट २ बाट निर्वाचित सांसद साहले पहिलो पटक संसदमा सम्बोधनको अवसर पाएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै