दुःख र विभेदले सिर्जना गर्ने प्रेरणा मिल्छ « Khabarhub

दुःख र विभेदले सिर्जना गर्ने प्रेरणा मिल्छ


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

प्रभा बराल नेपाली साहित्यमा परिचित नाम हो। कविता, गजल, नियात्रा, उपन्यासलगायत विधामा कलम चलाउनु बरालको दैनिकी हो। पछिल्लो समय “फिलिङ्गो” उपन्यास निकै चर्चामा छ। साहित्य सिर्जना र समसामयिक विषयमा आधारित रहेर साहित्यकार प्रभा बरालसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको साहित्यिक यात्रा कसरी अगाडि बढ्दै छ ?
मेरो साहित्यिक यात्रा ५० को दशदेखि सुरु भएको हो। मैले कक्षा १० मा पढ्दै गर्दा जिल्लास्तरीय कविता प्रतियोगितामा भाग लिएर प्रथम भएँ। त्यसपछि यो क्षेत्रमा सबैको साथ र प्रेरणा प्राप्त भयो। ५०५१ सालमा ‘मातृभूमि’ साप्ताहिक केन्द्रबाट प्रकाशित हुन्थ्यो त्यसमा ‘बाच्ने रहर’ भन्ने कविता प्रकाशित भएपछि अहिलेसम्म निरन्तर साहित्य सिर्जना यात्रामा छु।

के कुराले साहित्यका विविध विधामा सिर्जना गर्न सक्रिय हुनुभयो ?
सुरुमा कविता लेखेँ। २०५३ सालमा विवाह गरेर भरतपुर गएपश्चात २०५७ सालमा चितवन वाङ्मय प्रतिष्ठानले चितवनका नवप्रतिभा भनेर ६ जना कविको शब्दमा एउटा ‘अभिराम यात्रामा’ भन्ने संग्रह प्रकाशन गरिदियो। त्यसपछि लामो समय मेरो यात्रा रोकियो।
एकै पटक ०७० सालमा आएर ‘तृष्णाको पहाड’ भन्ने गजल संग्रह लेखेँ र बाल साहित्यको ‘असिनाको कथा’ भन्ने कविता संग्रह आएको छ। २०७२ सालमा जापान घुम्न गएको बेला नियात्रा संग्रह निकालेँ। पछिल्लो पटक जाँदा मैले “फिलिङ्गो” उपन्यास लेखेँ।

प्रवासमा बस्दा साहित्यको महत्त्व कस्तो पाउनुभयो ?
हिरोसिमामा बस्दा भन्दा टोकियोमा धेरै साहित्यमा लाग्ने साहित्यकारसँग भेट भयो। विभिन्न देशका साहित्यकार बोलाउने कार्यक्रम गर्ने गरेको देखिन्थ्यो। विभिन्न सम्मेलन र साक्षात्कार हुँदै गए। त्यसमा सबै साहित्यकर्मीको ऊर्जा र हौसला देख्दा धेरै मन छोयो। नव पुस्ताहरू पनि धेरै सहभागी भएको देख्दा खुसी लाग्यो।

सानैदेखि साहित्यकार हुन्छु भन्ने थियो ?
हामीले केही योजना बनायौं र निरन्तर लाग्यौं भने त्यो पुरा गर्न सक्ने रहेछौँ। सानोमा अटो भर्नेमा म सधैँ सफल लेखक बन्छु भनेर हिँडेकी थिएँ। त्यसैले देवकोटाले भनेजस्तो ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने जस्तो लक्ष्य लिनुपर्छ। लक्ष्य लिएपछि हामी सफल हुन्छौँ।

लेखनको प्रेरणा श्रोत के हो ?
मेरो लागि प्रेरणाको श्रोत ठ्याक्कै यही भन्ने छैन। गुरु कसैलाई मानिन्। आफूले नबुझेका कुरा शिक्षकलाई सोधेर अगाडि बढेँ।

के कुराले लेख्न प्रेरित गर्छ ?
समसामयिक कुरामा नै ध्यान केन्द्रित हुन्छ। महिलाले दुःख पाएको, हरेक क्षेत्रबाट विभेद झेल्नु परेका कुराबाट कसरी अगाडि जाने भनेर सामाजिक भोगाइहरूले नै प्रेरित गर्छन्। विशेष गरेर महिलाका दुःख र समाजको विभेदले सिर्जना गर्ने प्रेरणा मिल्छ।

महिलाको जिम्मेवारी र सिर्जना यात्रा कत्तिको कठिन छ ?
धेरै गार्हाे छ। अहिले पढ्न थाल्यौँ। पढेपछि घरको मात्र काम गरेर हुँदैन। घर बाहिर पनि केही काम गर्न रुचाउँछौ। सबै बाहिरको र घरको काम सकेर मात्र लेख्नुपर्छ। मेरो घरमा सकारात्मक माहौल छ। मैले यसमा समय पाउँछु। कलेज पठनपाठनको समय भन्दा अरु समय पाउँछु। धेरै अग्रज महिलाले रातिको निद्रा मारेर लेख्ने काम गर्नुभएको छ।

अहिले आएका समसामयिक लेखनलाई कसरी हेर्नुभएको छ ?
समसामयिक लेखन अहिले खच्किएको छ भन्ने भएको छ। पहिलाका लेखमा आलंकारिक भाषा हुन्थ्यो। अनुसन्धान गरेर मेहनत गरेर लेख्नु हुन्थ्यो। तर अहिले सतही लेखन अनुसन्धान नगरी लेखिन्छ भन्ने छ। अझै अध्ययन र मेहनत गरेर लेख्नुपर्छ।
पहिला कहाँ के छ भनेर पढेर घुमफिर गरेर ज्ञानको दायरा फराकिलो बनाएर साधना र मेहनत गरियो भने अरूको लेखन भन्दा पृथक लेखन हुन्छ।

नियात्रा लेखनमा कस्तो अनुभव छ ?
नियात्रा लेखन त नघुमी लेख्न सकिँदैन। उपन्यास, कथा, कविता एउटा कोठामा बसेर पनि लेख्न सकिन्छ तर नियात्रा यथार्थका आधारमा जानुपर्छ। सत्य तथ्यमा आधारित भएर लेखिन्छ। यो अलि खर्चिलो पनि हुन्छ। त्यहाँको सबै कुरा लेख्नुपर्छ भन्ने छैन। त्यसमा अरूलाई के दिने अरूलाई त्यहाँ जाऊजाऊ लाग्ने बनाउन सक्ने गरी लेख्न सकिन्छ।

नियात्रालाई पत्रपत्रिकाले स्थान दिएको देख्दा कस्तो लाग्छ ?
कृति प्रकाशितदेखि लिएर लेखक पनि बढ्दै गएका छन्। पत्रपत्रिकाले पनि स्थान दिनु भएको छ।

विश्व नारी साहित्य महोत्सवमा सहभागी हुँदाको अनुभव कस्तो रहयो ?
अघिल्लो वर्ष चैत्र १० गतेदेखि १३ गतेसम्म सुदूरपश्चिम साहित्य समाजले विश्व नारी साहित्य महोत्सव गरेको थियो। त्यसमा मैले जाने मौका पाएँ। पहिलो पटक सुदूरपश्चिम पाइला टेकेको कारण उत्सुक थिएँ। त्यहाँ सबै महिला स्रष्टा उत्साहित थिए। त्यसमा महिलालाई लेखनमा कति सजिलो छ ? पुरुषको साथ कस्तो छ ? सिर्जनाको अवस्था कस्तो छ भन्ने विभिन्न कुरामा छलफल र बहस भए।
राजधानीका लागि सामान्य बनेका कुरा सुदूरपश्चिमका महिलालाई असहज भएका पनि थिए। त्यसमा हामी सबैले भन्दा चेतना वृद्धि हुन्छ भन्ने जस्ता कुरा भए। एक अर्कोमा परिचय भयो।

महिला र पुरुष साहित्यकारले लेखेका किताबमा कत्तिको भिन्नता पाउनु हुन्छ ?
पुरुषले घरका सबै कुरा छोडेर होटेलमा वा रिसोर्टमा गएर सिर्जना गर्नुहुन्छ। तर महिलालाई त्यो अवसर छैन। महिलाले घरको सम्पूर्ण जिम्मेवारी पूरा गरेर सिर्जनामा सक्रिय हुनुपर्छ। महिलाको लेखनलाई अझ बढी लेखौँ त्यसो गर्दा गुणात्मक रूपमा अगाडि बढ्न सहज हुन्छ।

नेपालमा लेखेरै बाच्न सक्ने अवस्था छ ?
पहिला भन्दा अहिले केही पारिश्रमिक पाउनु हुन्छ। आशाका किरण देखिएका छन् तर यसैमा भर परेर बाच्न धेरै कठिन छ।

तपाईंको “फिलिङ्गो” उपन्यास निकै चर्चित भयो। यो कस्तो कृति हो ?
“फिलिङ्गो” भनेको जापानको कुरा हो। त्यसमा एउटा महिलाको आत्मसम्मानको लागि उसले गरेको संघर्ष छ र उसलाई उसको आत्मसम्मान प्रति उचित सम्मान गरेन भने “फिलिङ्गो” जस्तो बनेर निस्कन सक्छ भन्ने सन्देश छ। त्यसले धम्स गर्छ अर्थात् विधम्स निम्त्याउन सक्छ भन्ने विषयलाई समेटिएको छ। जापानमा महिलाले गरेको सङ्घर्षको कुरा छ। महिलाका आत्मसम्मानका कुराहरू समावेश भएका हुँदा यसलाई “फिलिङ्गो” भनेर नामकरण गरेँ। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : १७ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली