०६२–६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा | Khabarhub Khabarhub

०६२–६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ०६२–६३ को परिवर्तनले देश र जनताको हित नगरेको बताएका छन् ।

राप्रपाका नेता पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीस्थित एकडारा गाउँ पालिकामा निर्मित सालिककाे अनावरण गर्दै उनले सो परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाए ।

उनले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको बताए ।

ठूलाठूला भ्रष्टाचार काण्डमा आफूलाई ठूला भन्ने राजनीति दलका नेताहरूको संलग्नता रहेको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि कानूनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको बताए ।

अध्यक्ष थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दुराष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ११ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका