कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु  « Khabarhub

कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मंगलबार लोपोन्मुख चार  डङ्गर गिद्ध मृत भेटिएका थिए । 

‘गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो’ संरक्षणकर्मी डिबी चौधरीले भने, ‘पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।’ विषादीयुक्त खाना खाएर स्याल मरेको र सोही स्यालको सिनो खाएका कारण गिद्धको मृत्यु भएको पाइएको छ । 

‘गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ’, चौधरीले भने, ‘यस क्षेत्रमा गिद्ध मरको चार महिनायता यो दोस्रो घटना हो ।’

गत फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच डङ्गर प्रजातिका गिद्ध मरेका थिए । प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरीले बताए । 

यस विषयमा गम्भीर भएर सोच्न सरोकारवाला सबैलाई उनले आग्रह गरे । गाईबस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । 

गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेन्टसमेत पर्दछ । यस क्षेत्रमा ठूलाठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि उक्त ठाउँ उपयुक्त रहेको छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : १२ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ