रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु, ‘धोका’ भएको पुटिनको भनाइ « Khabarhub

रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु, ‘धोका’ भएको पुटिनको भनाइ


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेका छन् ।

हाल वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

सैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन् । वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले रुसी सैन्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् ।

यता, रूसी सेनाले मुलुकको सैन्य नेतृत्वविरुद्ध जारी विद्रोह गर्न रोक्न वाग्नर समूहका भाडाका लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ ।

प्रिगोजिनको ‘आपराधिक उद्यम’ र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइएको भन्दै रुसी सेनाले भाडाका लडाकुलाई स्थायी तैनथीका स्थानमा फर्कन आह्वान गरेको छ ।

यसअघि रुसी राष्ट्रपचि भ्लादिमिर पुटिनले सैन्य विद्रोहलाई ‘धोका’ को संज्ञा दिँदै रुसको रक्षामा आफू दृढ रहेको जनाएका थिए ।-

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ५४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी