बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान « Khabarhub

बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको राजधानी बेइजिङका महत्वपूर्ण क्षेत्रमा पछिल्लो समय उच्च तापक्रमको लहर चलिरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् ।

नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको समय परिमार्जन गर्न र उच्च तापमान मौसमको अवधिमा कक्षाहरू कम गर्न वा स्थगित गर्न विशिष्ट उपायहरू सोच्न आग्रह गरेका हुन् ।

आइतबारदेखि सुरु हुने तीन दिने ड्रागन बोट फेस्टिभलको बिदापछि विद्यालयहरूलाई चर्को गर्मीका कारण विद्यार्थीहरूका लागि धेरै ‘आउटडोर’ गतिविधिहरू आयोजना नगर्न सल्लाह दिइएको सूचनामा उल्लेख छ ।

बेइजिङले शुक्रबार उच्च तापक्रमका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चीनको सावधानी प्रणालीमा यो सबैभन्दा कडा चेतावनी हो । शहरको मौसम विज्ञान केन्द्रले यसअघि गरेको पूर्वानुमानअनुसार बेइजिङका अधिकांश क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २१ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै