नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा  | Khabarhub Khabarhub

नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । संघको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा केशव कवांनविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल र कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरूमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चुनिएका छन् । बाँकी सात जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । विधान अनुसार जिल्लाबाट प्रदेश कमिटीमा सदस्य रहेका व्यक्ति जिल्ला संयोजक रहने व्यवस्था रहेको जनाइएको छ ।

यसअघि भेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक  विकाश  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य राजकुमार लघूलगायतले खेलको विकासमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ०३ बजे

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)