तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता « Khabarhub

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।

पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन् । पहिरोसँगै आएको बाढीले चीन र नेपाल गरी दुवै देशमा लगभग एक हजार ४०० जनाको ज्यान लिएको छ भने पाँच हजार ५०० भन्दा बढीलाई बेपत्ता बनाएको छ ।

बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन् । बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ५ : ४३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी