एमालेको ध्यान ‘मिसन ८४’ मा केन्द्रीत छ : योगेश भट्टराई « Khabarhub

एमालेको ध्यान ‘मिसन ८४’ मा केन्द्रीत छ : योगेश भट्टराई


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन्।

उनले अहिलेको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे । अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले बताए । उनले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए ।

उनले केहि समय अघि मधेश कै नाममा मुलुक बिभाजन गर्न खोजेको र अन्तराष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा राखे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : २१ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश