चट्याङ लागेर दुई जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर दुई जनाको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।

त्यस्तै केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो । उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : २७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने