पूर्व सभापति लामाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त « Khabarhub

पूर्व सभापति लामाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको गए राति वीर अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

स्व लामाको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि बौद्धको तीनचुलेस्थित ह्याल्मो गुम्बामा राखिने र भोलि बिहान ११ः०० बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौँको जोरपाटीस्थित जम्बोडाँडामा अन्त्येष्टी गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

विसं २०१६ असोजमा जन्मनुभएका लामा ब्लड क्यान्सरबाट पीडित भएका र केही समयअघि थाइल्यान्डमा उपचार गराएर नेपाल फर्किएका थिए । स्व लामाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

लामाको निधनले कांग्रेसले एक होनाहार सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ५१ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा