कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

यही साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा विभिन्न १० वटा एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका छन् । 

आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले  केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

बैठकमा बोल्ने सदस्यहरूले नेतृत्वको सुस्तताप्रति आलोचना गरेका छन् । कतिपयले महामन्त्रीद्वय थापा र शर्माको आलोचना गरेका छन् भने कतिपयले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : १९ बजे

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि