नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै « Khabarhub

नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया गरिने भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता रहनेछ । मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ ।

कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

केही कार्यक्रम प्रतिष्ठानबीच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उनको भनाइ छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् ।

यसैगरी स्वामी विवेकानन्द सास्कृतिक केन्द्र काठमाडौँ तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दुईदिने फोटो प्रदर्शनी कार्यक्रमसमेत हुने भएको छ ।

यो प्रदर्शनी पोखरा सभागृहमा यही साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई सफल तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ५५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो