ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण « Khabarhub

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।

पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट पर्यटकसहित १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ ।

ग्रिसको आपतकालीन सेवाले आइतबार सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टर र सय भन्दा बढी अग्नीनियन्त्रकहरु परिचालन गरिएका छन् ।

ग्रीसको किओटारी क्षेत्रका तीनवटा होटेलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीका कारण दर्जनौ घरहरु जल्नुका साथै साथै ३५ हेक्टरमा रहेको जंगल नष्ट भएको छ । बिगत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : २४ बजे

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने