अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान | Khabarhub Khabarhub

अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । 

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ०९ बजे

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल 

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक

दुई वर्षभित्र झापामा सय उद्योग खोल्ने केपी ओलीको योजना अलपत्र 

झापा दमक- १० का जसबहादुर राईको १ बिघा खेतीयोग्य जमिन

कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय

सुर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू

काठमाडौं– नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसँगको विवाहको रूपमा मानिन्छ ।