‘मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ’ « Khabarhub

‘मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ’


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने बताए ।

अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘मौद्रिक नीतिले नीतिगत दर घटाएर छ दशमलव पाँच प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ ।’

अर्थमन्त्री महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै पुँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे ।

उनले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको समेत बताए । सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताउँदै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्दा पारदर्शिता कायम भएको भन्दै यथार्थ कुरा बाहिर आएको बताए । पार्टीभित्रका धेरै भ्रम प्रत्यक्ष प्रसारणले उजागर गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ११ बजे

संसद् फर्काउनुपर्ने मागसहित एमाले दिएको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ लाई तोकियो पेशी

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

कीर्तिपुर– प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने  व्यवस्थाले

एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

नवलपरासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसीए नेपालले आज एक

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा

भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन

एजेन्सी– भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ