विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा | Khabarhub Khabarhub

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन ।

यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ ।

त्यसैगरी यस वर्षको जुन महिनामा चीनको निर्यात पनि अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशतले घटेको छ । त्यस्तै, चीनको आन्तरिक कूल ग्राहस्थ उत्पादन पनि अप्रिलदेखि जुन महिनाको अवधिमा ६.३ प्रतिशतले मात्रै वृद्धि भएको छ, जुन अपेक्षित ७ प्रतिशतभन्दा कम हो ।

पश्चिमा मुलुकमध्ये अमेरिकातर्फ चिनियाँ निर्यात पनि अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले घटेर ४२ अर्ब ५० करोड डलरमा खुम्चेको छ । त्यस्तै, चीनमा अमेरिकी वस्तु तथा सेवाको आयात ९.९ प्रतिशतले घटेर १४ अर्ब ३० करोड डलरमा सीमित भएको छ ।

युरोपेली बजारमा चीनको अवस्थालाई हेर्दा पनि उस्तै तस्वीर देखा पर्छ । यही वर्षको मे महिनामा २७ मुलुक सम्मिलित युरोपेली युनियन ईयूबाट चीनतर्फ हुँदै आएको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८.६ प्रतिशतले घटेर २४ अबै ५० करोड डलरमा सीमित भएको छ ।

त्यसैगरी चीनबाट युरोपेली बजारतर्फ हुने निर्यात पनि २६.६ प्रतिशतले घटेर ४४ अर्ब ६० करोड डलरमा झरेको छ । घट्दो आयातले चीनको आन्तरिक बजारमा माग पनि घटिरहेको प्रतित हुन्छ । घट्दो व्यापारले चीनको अर्थतन्त्रलाई नै प्रभावित बनाइरहेको छ ।

युवाहरुमाझ बढ्दो बेरोजगारी समस्याले चीनको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ । अप्रिल महिनामा सरकारले गरेको सर्वेक्षणमा सहरमा बस्ने हरेक ५ मध्ये एक युवा बेरोजगार रहेको पाइएको थियो ।

मानिसहरुले खुद्रा वस्तुमा गर्ने खर्चमा पनि गिरावट आएको छ । अक्सफोर्ड अर्थशास्त्रका लोयड चानका अनुसार चीनको निर्यातमा सुधार हुने संकत देखिएको छैन ।

चीन सरकारले वर्ष २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने संकेत देखिएको छैन । वर्ष २०२३ को पहिलो ६ महिनामा चीनबाट भारततर्फ हुने निकासी ५६ अर्ब ५० करोड डलरमा झरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो ५७ अर्ब ५० करोड डलर रहेको थियो । त्यसैगरी, भारतबाट चीनतर्फ हुने निकासी ९ अर्ब ५० करोड डलर रहेको थियो ।

विदेशमा चिनियाँ निर्यात घटिरहेको अवस्थामा चीनले अब आफ्नो आन्तरिक मागलाई बढाउनुपर्ने आवश्यकता रहेको विश्लेषकहरु बताउँछन् ।

हाल आफ्नो वाह्य व्यापारका लागि चीन रुसको भर परिरहेको देखिएको छ । रुसबाट चीनतर्फको आयात १० प्रतिशतले बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ । चीनले रुसबाट प्रायः ग्यास र तेलको आयात गर्दै आएको छ । त्यसैगरी, चीनबाट रुसतर्फ हुने निर्यात ११४ प्रतिशतले बढेर ९ अर्ब ३० करोड डलर पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ५९ बजे

एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ