साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन साइकल सोसाइटीको माग « Khabarhub

साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन साइकल सोसाइटीको माग


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल साइकल सोसाइटीले साइकलयात्रीले दैनिकजसो सडकमा अपमानित हुनुपरेको, चोटपटकदेखि ज्यानै गुमाउनु पर्ने अवस्था आएको भन्दै साइकलसम्बन्धी नीति, कानून र पूर्वाधार बनाइदिन सरकारसँग माग गरेको छ ।

सोसाइटीका अध्यक्ष रत्न राम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालजस्तो देशमा साइकलयात्रीहरु सडक र राजमार्गको किनारामा धकेलिएको, यातायात नीति तथा सडक निर्माणमा साइकलयात्रीको सुरक्षा र सडक अधिकार पूरै वहिष्करणमा परेको साथै सवारी तथा यातायात ऐनमा साइकललाई ठाउँ नदिएको उल्लेख छ ।

गत फागुन २२ गते विराटनगर इक्राही चौकमा ट्याक्टरले हानेर २८ बर्षीय राधादेवी राजवंशी मारिएको, त्यसअघि २०७९ असार २४ गते विराटनगरकै रोडशेषस्थित कोशी राजमार्गमा भारतीय ट्रकले हानेर सनेन्दर राय मारिएको, २०७८ कार्तिक १७ गते रंगेली–विराटनगर सडकखण्डमा बसको ठक्करले साइकलयात्री उमेश पासवान र रेखा पासवान दम्पत्ती मारिएकोजस्ता घटनाले सडक प्रयोगकर्ताको रुपमा साइकलयात्रीहरु सबैभन्दा कमजोर र असुरक्षित बनेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी हाले विराटनगरमा भएको घटनामा श्रमिक तथा साइकलयात्री पवन शाहलाई मुक्का हानेर बेहोस र रगताम्य बनाई घिसारेर सडक छेउमा छाडेको अमानविय दृष्यका कारण ध्यानाकर्षण भएको सोसाइटीको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा साइकलयात्रीमाथि हुने यस्ता घटनाका दोषीलाई कारवाहीको माग गर्दै सोसाइटीले यस्ता घटना कम गर्न साइकलसम्बन्धी नीती, कानून र पुर्वाधार बनाउन सरकारसमक्ष माग गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : १८ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी