सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ : गगन  थापा « Khabarhub

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ : गगन  थापा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमतिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, ‘कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।’

उनले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्लेख गरे।

विसं २०८४ मा हुने निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पार्टीको केन्द्रीय समितिको बैठक समयमै गर्न थप आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

महामन्त्री थापाले आमनागरिकको जनसरोकारको विषय पार्टीले सम्बोधन गर्न नागरिक सम्बन्ध समन्वय विभागको प्रस्तावसमेत गरे। उनले भने, ‘देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले के गर्छ भन्ने जनचासो सम्बोधन गर्नुपर्छ । आमनागरिकको जनसरोकारको विषय सुन्ने नागरिक सम्बन्ध समन्वय विभाग र जिल्ला जिल्लामा त्यस्तो कार्यालय राख्नुपर्छ ।’

दलालीकरणको दुष्चक्र हटाउनुपर्ने धारणा व्यक्त गर्दै उहाँले सही व्यक्तिलाई सही ठाँउमा ल्याउन जोड दिनुपर्ने बताए। महामन्त्री थापाले पार्टी सङ्गठनमा समावेशीकरणको विषयमा भएका कमजोरी सच्चाउनुपर्ने, अध्ययन अनुसन्धान बढाउने र साधारण सदस्यसँगै सक्रिय सदस्यलाई अनलाइनबाटै व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले नेपालका राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन असहज र अस्वाभाविक बनाइएकाले दलहरू संकटमा पर्दै आएको धारणासमेत व्यक्त गरे । ‘लोकतन्त्रमा ‘एक्जिट’को व्यवस्था गरिएको हुन्छ । तर हाम्रोमा त्यो व्यवस्था गरिएको छैन’, उनले भने, ‘हाम्रा पार्टीहरू जमेको पोखरी जस्ता भए । राजनीतिक दलमा ३०-३५ वर्षदेखि चार-पाँच जना मात्रै ‘म्युजिकल चेयर’ खेलेको जस्तो आलोपालो गर्दा आमनागरिकले परिवर्तन अनुभव गर्न पाएका छैनन ।’ महामन्त्री थापाले नेतृत्व परिवर्तनमा आफ्नो पहलकदमी निरन्तर रहनेसमेत प्रतिबद्धता गरे ।

संविधानअनुरूप कार्यान्वयन प्रभावकारी नभएको उल्लेख गर्दै उनले संविधानको स्वामित्व आफूहरूले लिनुपर्ने बताए । संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उठेका आवाजलाई समावेश गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।

कांग्रेसको आधारभूत मान्यतालाई बिर्सेर गठबन्धन गर्न नहुने उनको भनाइ थियो । सरकारले ‘डेलिभरी’लाई प्रभावकारी बनाउनुपर्ने बताउँदै उनले सुशासन प्रवर्द्धनमा कांग्रेस पारदर्शी हुनुपर्छ भने। आगामी दिनमा कांग्रेसले जनताले अनुभूति गर्नेगरी डेलिभरी गर्नुपर्ने बताउँदै उनले संकटग्रस्त मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५३ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत