१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्ज महागरपालिका–१६ भानुचोकस्थित सडक खण्डमा प्रहरीले एक भारतीय नागरिकलाई १९ राउन्ड गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण बेतिया लगुनाहा निवासी २२ वर्षीय मुरारी कुशवाहा रहेका छन्।

आइतबार राति साढे ९ बजे प्रहरी चौकी बसपार्कको टोलीले नियमित जाँचको क्रममा एक जना अपरिचित व्यक्ति शंकास्पद रुपमा हातमा झोला बोकेर बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा सटगनको गोली बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको १५ राउन्ड, केएफ १२ लेखिएको ३ राउन्ड र १२ केएफ १२९६ लेखिएको १ राउन्ड गरी १९ राउन्ड सर्टगनको गोली फेला परेको प्रहरीले जनाएको हो।

कुशवाहालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ११ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज