१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्ज महागरपालिका–१६ भानुचोकस्थित सडक खण्डमा प्रहरीले एक भारतीय नागरिकलाई १९ राउन्ड गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण बेतिया लगुनाहा निवासी २२ वर्षीय मुरारी कुशवाहा रहेका छन्।

आइतबार राति साढे ९ बजे प्रहरी चौकी बसपार्कको टोलीले नियमित जाँचको क्रममा एक जना अपरिचित व्यक्ति शंकास्पद रुपमा हातमा झोला बोकेर बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा सटगनको गोली बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको १५ राउन्ड, केएफ १२ लेखिएको ३ राउन्ड र १२ केएफ १२९६ लेखिएको १ राउन्ड गरी १९ राउन्ड सर्टगनको गोली फेला परेको प्रहरीले जनाएको हो।

कुशवाहालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ११ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस