नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी « Khabarhub

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने रू १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मुलुकले कुल रू १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको मालवस्तु आयात गर्दा रू एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो । गत वर्ष आयातित वस्तुबाट कूल रू तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख बराबरको भन्सार राजस्व उठेको छ ।

बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ । गत वर्ष नेपालले सबैभन्दा धेरै रू एक खर्ब ५३ अर्ब ७७ करोड बराबरको डिजेल मात्रै आयात गरेको छ । त्यस्तै, रू ६६ अर्ब ८४ करोड ४८ करोड बराबरको पेट्रोल र रू ५८ अर्ब १५ करोड ४१ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

फलामजन्य वस्तुको आयातमा रू ४३ अर्ब ६० करोड, कच्चा सोयाबिन तेल आयातमा रू ३५ अर्ब ५८ करोड, कोइला आयातमा रू २७ अर्ब १२ करोड र कच्चा पाम तेल आयातमा रू २५ अर्ब ९१ करोड बराबर बाहिरिएको देखिन्छ ।

बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष नेपालले रू ११ अर्ब ५० करोड ६६ लाख बराबरको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रू १० अर्ब ७१ करोड बराबरको प्रशोधित पाम तेल, रू आठ अर्ब ४७ करोड बराबरको सोयाबिन तेल र रू आठ अर्ब २७ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : १६ बजे

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज