पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का « Khabarhub

पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विचार समूह हुने भएकाले त्यसलाई नकार्न नसकिने बताए ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको प्रश्न जवाफ दिँदै आज उनले पार्टीमा फरक मत राख्ने अधिकार विधानमा भएको जानकारी गराउँदै उनले पार्टीले गरेको निर्णय गरिसकेपछि भने सबैले मान्नुपर्ने बताए।

सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग सल्लाह गरेर नै बैठक फेसबुक पेजमार्फत लाइभ गरिएको बताउँदै उनले केन्द्रीय समितिको बैठक ढिलो गरी बसेको सन्दर्भमा स्पष्ट पार्दै यसबीचका भएका विभिन्न घटनाका कारण बैठक बस्न ढिला भएको जानकारी गराए ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको निर्वाचनमा तीनै तहमा कांग्रेस पहिलो पार्टी भएको बताउँदै उनले बैठकमा आएका सबै सुझावलाई सकारात्मक लिएर अघि बढ्नुपर्ने बताए । पार्टीका कार्यकारी पद भएकाले सभापतिसँग महामन्त्रीहरुको धेरैभन्दा धेरै समन्वय र छलफल हुनुपर्ने उनको धारणा थियो ।

कांग्रेसको नेतृत्वमै संविधानसभाको निर्वाचन सम्पन्न भएको र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उनले संविधान संशोधनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै संविधानको समसामयिक रुपमा संशोधन हुने कुरा उतिबेलै घोषणा गरिएको स्मरण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ३४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित