दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए । उनीहरूलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो ।

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ । पचासी पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए ।

 चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : ५३ बजे

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका

सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको

लेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले शानदार जित निकालेको

लाल आयोगको प्रतिवेदन सार्वजनिक, भोलि १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने

काठमाडौं – सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

काठमाडौं – नेपालमै पहिलोपटक १ हजार १ सय ११ साधक