युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड « Khabarhub

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

बैग्लौंर– भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि य ट्युबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए।

युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारबाट पछाडि पारेको छ । ब्राजिल– कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए।

इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको सङ्ख्या २.६ मिलियन अर्थात् २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ ।

अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र इशरो ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्‍यो। इशरो को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको सङ्ख्या तीन गुणा भन्दा बढीसमेत रह्यो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ११ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६