जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने « Khabarhub

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ ।

यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङ्गठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावली सहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्नेगरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : ०१ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६