स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समिक्षामा मन्तव्य राख्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षाअनुसार काम गर्ने बताएका हुन् ।

‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ । नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ,’ उनले भने।

नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था रहेको उनले बताए । ‘माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गर्नुभएको छ । हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अब तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु,’ उनले भने ।

 

मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने बताए।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : १९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण