इन्जिनियरिङ्गमा स्नातक तहको शुल्क वृद्धि खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी | Khabarhub Khabarhub

इन्जिनियरिङ्गमा स्नातक तहको शुल्क वृद्धि खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी र अभिभावकको ढाड सेक्नेगरी अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

२४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको भनाइ छ । उनका अनुसार इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा अकस्मात दोब्बरभन्दा बढी शुल्क बढाउँदा आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट वञ्चित गराउने निश्चित छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क. अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । इन्जिनियरिङ्गतर्फको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाखबाट बढाएर ७ लाख ७५ हजार पुर्या इएको संयुक्त विद्यार्थी संगठनको आरोप छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : २५ बजे

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको