हराउँदै गौराको मौलिकता « Khabarhub

हराउँदै गौराको मौलिकता


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ । यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ । पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ । खासगरी गौरा भन्नेबित्तिकै महिलाले व्रत बस्ने, दुबधागो लगाउनेसँग सम्बन्धित छ ।

अहिलेको पुस्ताले भने गौराको सांस्कृतिक महत्वप्रति ख्यालै नगरी केवल रमाइलोका लागि मात्रै मनाउने गरेका छन् । विभिन्न सङ्घसंस्थाले पनि संस्कृतिको जर्गेना गर्ने नाममा महोत्सव वा देउडाको मात्रै आयोजना गर्न थालेका छन् । यसले गौराको मूल मर्ममाथि नै प्रहार हुन थालेको संस्कृतिविद् बताउँछन् । गौरा पर्व वैदिक र पौराणिक पर्व भएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

“गौरा पर्व मनाउनका लागि निश्चित विधि र पद्धति छ, त्यो पद्धतिअनुसार नै मनाउनुपर्छ”, उनले भने, “यसको सांस्कृतिक पक्ष र आध्यामिक परम्परागत अनुसार पर्व मनाउनु पर्दछ ।” उनले गौरा नारीको महत्वपूर्ण पर्व भएको बताउँदै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिए । गौरा पर्वसँग जोडिएको ढुस्का, धुमारी, राम लीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता छ ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने ठाउँमा विभिन्न सङ्घसंस्थाले महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने लेखकको भनाइ थियो । “अहिले मानिसहरूले संस्कृति र परम्पराका बारेमा नबुझेर नयाँनयाँ तरिकाले मनाउन खोज्छन्, यसले गौराको मौलिकता नै गुम्ने खतरा छ”, साहित्यकार कविराज भट्टले भने, “गौरा मनाउने निश्चित ठाउँ र परम्परा छ, त्यही परम्पराअनुसार मान्नुपर्ने हुन्छ ।”

उनले सङ्घसंस्थाले आफ्नो प्रचारप्रसारका लागि तोडमोड गरेर गौरा मनाउन नहुने बताए । पछिल्लो सयम आनुधिकतासँगै गौरा पर्व मनाउने चलन पनि फेरिँदै गएको भट्टको भनाइ थियो । गौरालाई देउडा खेल्ने पर्वका रूपमा मात्रै बुझिदिँदा समस्या भएको पाका पुस्ताको भनाइ छ । प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले गौरा र देउडा नितान्त फरक विधा र गायन भएको बताए ।

“अहिले गौरा भनेर देउडा खेल्ने गरिन्छ, देउडा गौरा हुँदै होइन यसको छुट्टै महत्व छ”, उनले भने, “गौरा पर्वलाई देउडा पर्वमा बुझ्यौँ भने यसको महत्व नै रहँदैन ।” उनका अनुसार गौरामा खेलिने, गाइने भाका र लय हराउँदै गएका छन् ।

डोटेली भाषीको पहिचान, संस्कार र संस्कृतिसमेत हराउँदै गएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले बताए । “गौरा पर्व के हो ? यसको महत्व के हो ? के–कस्ता गीत कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिँढीले वास्ता गरेको छैन”, उनले भने, “अहिले स्थानीय पाठ्यक्रममा हाम्रो संस्कृतिका बारेमा समावेश गरेर नयाँ पुस्तालाई जानकारी दिनुपर्छ ।”

पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको ओझाको बुझाइ छ । मौलिक परम्परा र संस्कृति जगेर्नातर्फ सबै लाग्न जरुरी रहेकोमा उनले जोड दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ३६ बजे

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न