अन्तर्राष्ट्रिय बजारमा पनि जम्दै नेपाली चलचित्र | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बजारमा पनि जम्दै नेपाली चलचित्र


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमासमेत प्रदर्शनको अवसर पाउन थालेका छन् । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बढिरहेको छ ।

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगतरूपमा चलचित्र भवन भाडामा लिएर प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकास्थित नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताए ।

“बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ”, उनले भने, “बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट भने हुँदैन ।” ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको प्रदर्शक सुवेदीले बताए । अष्ट्रेलियामा समेत केही नेपाली चलचित्र नियमित प्रदर्शन भएका छन् । यो क्रम विस्तारै बढ्ने स्थानीय वितरक विनोद पौडेलले बताए ।

“यहाँ नेपाली चलचित्रको राम्रो बजार बनिरहेको छ । नेपालका केही चलचित्र छायाङ्कन नहुँदै यहाँ प्रदर्शन गर्ने अधिकार हामीले खरिद गरिसकेका हुन्छौँ”, उनले भने, “हामीले नेपालमा छायाङ्कन हुँदै गरेका र केही लेखनकै क्रममा रहेका चलचित्रको प्रदर्शन अधिकार खरिद गरेका छौँ । निर्माण समूहका पछिल्ला चलचित्रले यहाँ गरेको व्यापारका आधारमा विदेश प्रदर्शन अधिकार खरिद गर्ने गरेका छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा छक्का पञ्जा, कबड्डी, जात्रालगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने वितरक पौडेलको भनाइ थियो । निर्देशक रामबाबु गुरुङले आफूले निर्माण गर्न लागेको आगामी दुई चलचित्रको विदेश प्रदर्शन अधिकार लगभग बिक्री भइसकेको जानकारी दिए । “हाम्रो पछिल्लो चलचित्रले गरेको व्यापारकै आधारमा हुनसक्छ । नेपाली चलचित्रले बजार विस्तारसँगै कला र संस्कृतिलाई पनि प्रवासी नेपालीसमक्ष पु¥याइरहेको छ”, उनले भने ।

नेपालमा प्रतिष्ठित समूहले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति नजिक हुँदा अन्तर्राष्ट्रिय बजारलाई भने असर पार्ने वितरक छत्र थापाले बताए । अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेका वितरक थापाले भइरहेको बजार बलियो बनाउन सहकार्य आवश्यक रहेकामा जोड दिए ।

“यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छ चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ”, वितरक थापाले भने, “हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।”

‘दिमाग खराब’, ‘हात्तीछाप’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको उनले जानकारी दिए । “यहाँ दर्शकले खोजिरहनुभएको चलचित्र प्रदर्शनमा सहज हुन्छ । त्यसैले चलचित्रलाई कलाकार र निर्माण समूहकै आधारमा खरिद गर्ने गरेका छौँ”, उनले भने । विदेशमा नेपाली चलचित्रको बजार बढेको सन्दर्भ जति तारिफयोग्य छ, त्यति नै नेपालमै बजार विस्तार नहुनु दुःखद् रहेको वितरक थापाको भनाइ थियो । अहिले पनि तराईमा नेपाली चलचित्रको बजार राम्रो छैन ।

वीरगन्ज, मलङ्गवा, जनकपुरलगायतका बजारबाट भोजपुर र हिन्दी भाषाको विदेशी चलचित्रले गर्ने व्यापारको तुलनामा नेपालीको न्यून छ । उक्त स्थानमा नेपाली चलचित्र प्रदर्शन हुनु नै अझै ठूलो विषय बनिरहेको वितरक बताउँछन् । बजार विस्तारका लागि विदेशसम्म पुगेर गरिने प्रवर्द्धनात्मक कार्यक्रम ती स्थानमा गर्न सके घरेलु बजारको आकार बढ्नेमा दुईमत छैन ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ४४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले