उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट « Khabarhub

उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेटवर्ता गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेबनानबीच असल सम्बन्ध रहेको भन्दै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिक लेबनानमा तैनाथ भई त्यहाँको शान्ति प्रक्रियामा योगदान पु¥याउन पाएकोमा खुसी व्यक्त गरे । उनले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गरे ।

साथै, नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवं धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावना भएकाले पर्यटन एवं अन्य क्षेत्रमा लेबनानका तर्फबाट लगानीका लागि आह्वान गरे ।

उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुआत गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताए ।

सन् १९७८ देखि युनिफिल मिसनअन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिक तैनाथ भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल आठ सय ७५ जना शान्ति सैनिक लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उनको भनाइ थियोे ।

सो अवसरमा नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको कुरा औँल्याए ।

उनले दुई देशबीच पर्यटन, उद्योग, जलस्रोतलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताए । भेटवार्तामा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : १७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको