नेपाली भूमिमा एसएसबीले बनाएको क्याम्प सशस्त्रले हटायो | Khabarhub Khabarhub

नेपाली भूमिमा एसएसबीले बनाएको क्याम्प सशस्त्रले हटायो


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प (ब्यारियल) हटाइएको छ।

बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्यसलाई सशस्त्र प्रहरीद्धारा हटाएका छौं,’ अधिकारीले भने, ‘नेपाली भुमिमा ब्यारिएल लगाउन पाइँदैन, नेपालतर्फ बनाएको ब्यारियल बिहानै हटाएका छौं।’ बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले क्याम्प राखेको थियो।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ४४ बजे

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश

६९० किलोग्राम गाँजासहित चार जना पक्राउ

सुनसरी– सुनसरीको देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४