भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायको ‘हब’ बन्दै « Khabarhub

भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायको ‘हब’ बन्दै


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायका लागि ‘हब’ का रुपमा विकसित हुँदै गएको पाइएको छ । यसअघि जम्मु कश्मीरका शिक्षित युवाहरु सरकारी जागिरतर्फ आकर्षित थिए ।

गुड मर्निङ कश्मीरका अनुसार रोजगारीको सुरक्षा, आकर्षक तलब एवम् निवृत्तिभरणजस्ता सुविधाका कारण यस क्षेत्रका हजारौँ युवाहरुले सरकारी जागिरका लागि आवेदन दिने गरेका थिए ।

सरकारी अधिकारीहरुले भने सबै युवाहरुका लागि सरकारी जागिर सम्भव नभएको भन्दै आफ्नै व्यवसाय सुरु गर्न आह्वान गर्दै आएका थिए । यद्यपि पछिल्लो समय भने युवाहरु आफैँ व्यवसाय गर्नतर्फ उन्मुख हुन थालेको गुड मर्निङ कश्मीरले जनाएको छ ।

जम्मु कश्मीरका युवाहरुमा लगानी गर्ने आत्मविश्वास पनि बढ्दै जान थालेको छ । आफ्नै स्टार्टअप व्यवसाय सुरु गर्नका लागि जम्मु कश्मीरका युवाहरुले बैंक एवम् वित्तीय संस्थाहरुबाट ऋण पनि लिन थालेका छन् ।

जम्मु कश्मीरका युवाहरुमा देखिएको स्टार्टअप व्यवसायप्रतिको आकर्षणका कारण यस क्षेत्रमा बेरोजगारी दरमा पनि कमी आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १२ : ४० बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला