भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायको ‘हब’ बन्दै « Khabarhub

भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायको ‘हब’ बन्दै


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायका लागि ‘हब’ का रुपमा विकसित हुँदै गएको पाइएको छ । यसअघि जम्मु कश्मीरका शिक्षित युवाहरु सरकारी जागिरतर्फ आकर्षित थिए ।

गुड मर्निङ कश्मीरका अनुसार रोजगारीको सुरक्षा, आकर्षक तलब एवम् निवृत्तिभरणजस्ता सुविधाका कारण यस क्षेत्रका हजारौँ युवाहरुले सरकारी जागिरका लागि आवेदन दिने गरेका थिए ।

सरकारी अधिकारीहरुले भने सबै युवाहरुका लागि सरकारी जागिर सम्भव नभएको भन्दै आफ्नै व्यवसाय सुरु गर्न आह्वान गर्दै आएका थिए । यद्यपि पछिल्लो समय भने युवाहरु आफैँ व्यवसाय गर्नतर्फ उन्मुख हुन थालेको गुड मर्निङ कश्मीरले जनाएको छ ।

जम्मु कश्मीरका युवाहरुमा लगानी गर्ने आत्मविश्वास पनि बढ्दै जान थालेको छ । आफ्नै स्टार्टअप व्यवसाय सुरु गर्नका लागि जम्मु कश्मीरका युवाहरुले बैंक एवम् वित्तीय संस्थाहरुबाट ऋण पनि लिन थालेका छन् ।

जम्मु कश्मीरका युवाहरुमा देखिएको स्टार्टअप व्यवसायप्रतिको आकर्षणका कारण यस क्षेत्रमा बेरोजगारी दरमा पनि कमी आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १२ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क