साउदीमा बेपत्तापछि भेटिएका सुबेदी नेपाल फर्किए « Khabarhub

साउदीमा बेपत्तापछि भेटिएका सुबेदी नेपाल फर्किए


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा बेपत्ता भएपछि सकुशल भेटिएका झापा घर भएका घानेन्द्र सुवेदी स्वदेश फर्किएका छन् । फ्लाई दुबईको उडानमार्फत उनी एउटै कम्पनीमा कार्यरत भाइ श्याम सुवेदीसँगै नेपाल फर्किएको झापाली समाज साउदी अरबले जनाएको छ ।

उनी कार्यरत अल अरिध कम्पनीले टिकटसहित २० वर्षको हिसाबकिताब उनलाई ४४ हजार साउदी रियल उपलब्ध गराएको थियो । उनी उक्त कम्पनीमा सन् २००३ अप्रिलदेखि कार्यरत थिए । अस्वस्थताका कारण काम गर्न असमर्थ भएका कारण कम्पनीले उनलाई बिदा गरेको हो ।

समाजका अध्यक्ष राजेन्द्र थापा, सहसचिव राजु बराल र कम्पनीका सहकर्मीले विमानस्थलमा गई उनको विदाई गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । केही दिनअघि रियादबाट बेपत्ता भएका सुबेदीको समाजका अध्यक्ष थापा र सहकोषाध्यक्ष सुजन घिमिरको सक्रियतामा सकुशल उद्धार गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १३ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती