लागूऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्वपूर्ण : महानिरीक्षक कुँवर « Khabarhub

लागूऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्वपूर्ण : महानिरीक्षक कुँवर


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागूऔषधविरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गरे ।

लागूऔषधको कारोबार तथा लागूऔषधमा सङ्लग्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी गराए ।

उनले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पु¥याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पु¥याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र श्रीमती कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचनसमेत गरे ।

समारोहमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरे । अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिबन्धले लागुऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्तालाई कानूनी दण्डबाट दण्डित गरिनुभन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनःमिलनमा फर्काइनुपर्छ भन्ने लक्ष्यका साथ आसरा सुधार केन्द्र स्थापना भएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ३२ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार