टी–२० शृङ्खलाः अस्ट्रेलियामाथि भारतको रोचक जित « Khabarhub

टी–२० शृङ्खलाः अस्ट्रेलियामाथि भारतको रोचक जित


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व विजेता अस्ट्रेलियामाथि भारतले रोचक जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा भारतले एक बल बाँकी हुँदा अस्ट्रेलियामाथि दुई विकेटको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०९ रनको चुनौती भारतले ८ विकेटको क्षतिमा एक बल बाँकी हुँदा पूरा गरेको हो । भारतले अन्तिम ओभरमा तीन विकेट गुमाउनु परेको थियो । लगातार तीन ब्याटसम्यान आउट हुँदा रिंकु सिंहले सम्हालिएर भारतलाई जित दिलाएका हुन् ।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जोस इंगिल्सले ५० बलमा ११० रनको शतकीय पारी खेलेका थिए । स्टीव स्मिथले ४१ बलमा ५२ रन जोड्दै अर्धशत बनाएका हुन् । भारतविरुद्ध अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०८ रनको स्कोर बनाएको थियो ।

अस्ट्रेलियालाई मध्यम स्कोरमा समेट्न भरतका लागि प्रसिद्ध कृष्ण र अक्षर पट्टेलले एक-एक विकेट लिए भने अस्ट्रेलियाका स्मिथ अर्धशतक बनाएर रन आउट भएका थिए ।

जवाफी ब्याटिङमा भारतका कप्तान सूर्यकुमार यादव र इशान किसनले अर्धशतक बनाए । यादवले ४२ बलमा ८० रन जोड्दा किसनले ३९ बलमा ५८ रन जोडेका थिए । भारतको जितका लागि रिंकु सिंहले नटआउट १४ बलमा २२ रनको योगदान दिए ।

भारतले रोचक जित निकालेको खेलमा अस्ट्रेलियाका लागि तानभीर साङ्घाले दुई विकेट हात पारे भने सेन बोट, म्याथ्यू शर्ट र जेसन बेहेन्डोर्फले एक-एक विकेट लिए । भारतका तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

सूर्यकुमार यादवको कप्तानीमा भारतले शृङ्खलामा विजयी सुरुवात गरेको हो । भारतमा भएको एकदिवशीय विश्वकप खेलेका यादवसहित श्रेयस अय्यर र इसन किसन मात्र अस्ट्रेलियाविरुद्धको शृङ्खलामा सहभागी छन् । आइतबार भएको विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको भारत उपविजेतामा सीमित भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ०५ बजे

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड