टी–२० शृङ्खलाः अस्ट्रेलियामाथि भारतको रोचक जित | Khabarhub Khabarhub

टी–२० शृङ्खलाः अस्ट्रेलियामाथि भारतको रोचक जित


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व विजेता अस्ट्रेलियामाथि भारतले रोचक जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा भारतले एक बल बाँकी हुँदा अस्ट्रेलियामाथि दुई विकेटको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०९ रनको चुनौती भारतले ८ विकेटको क्षतिमा एक बल बाँकी हुँदा पूरा गरेको हो । भारतले अन्तिम ओभरमा तीन विकेट गुमाउनु परेको थियो । लगातार तीन ब्याटसम्यान आउट हुँदा रिंकु सिंहले सम्हालिएर भारतलाई जित दिलाएका हुन् ।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि जोस इंगिल्सले ५० बलमा ११० रनको शतकीय पारी खेलेका थिए । स्टीव स्मिथले ४१ बलमा ५२ रन जोड्दै अर्धशत बनाएका हुन् । भारतविरुद्ध अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २०८ रनको स्कोर बनाएको थियो ।

अस्ट्रेलियालाई मध्यम स्कोरमा समेट्न भरतका लागि प्रसिद्ध कृष्ण र अक्षर पट्टेलले एक-एक विकेट लिए भने अस्ट्रेलियाका स्मिथ अर्धशतक बनाएर रन आउट भएका थिए ।

जवाफी ब्याटिङमा भारतका कप्तान सूर्यकुमार यादव र इशान किसनले अर्धशतक बनाए । यादवले ४२ बलमा ८० रन जोड्दा किसनले ३९ बलमा ५८ रन जोडेका थिए । भारतको जितका लागि रिंकु सिंहले नटआउट १४ बलमा २२ रनको योगदान दिए ।

भारतले रोचक जित निकालेको खेलमा अस्ट्रेलियाका लागि तानभीर साङ्घाले दुई विकेट हात पारे भने सेन बोट, म्याथ्यू शर्ट र जेसन बेहेन्डोर्फले एक-एक विकेट लिए । भारतका तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

सूर्यकुमार यादवको कप्तानीमा भारतले शृङ्खलामा विजयी सुरुवात गरेको हो । भारतमा भएको एकदिवशीय विश्वकप खेलेका यादवसहित श्रेयस अय्यर र इसन किसन मात्र अस्ट्रेलियाविरुद्धको शृङ्खलामा सहभागी छन् । आइतबार भएको विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको भारत उपविजेतामा सीमित भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ०५ बजे

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

किएभ- युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ– वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन