दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन « Khabarhub

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार दिउँसो तीनकुनेमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नो निवासबाट बाहिर निस्किएका छैनन् । घरैमा प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको उनले बताएकमा छन् । आफूलाई गिरफ्तार गरे पनि कार्यक्रम नरोकिने प्रसाईको भनाइ छ ।

तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने प्रसाईलाई घर बाहिर निस्कन निषेध नगरेको जनाएको छ । त्रिभुवन विमानस्थलको छेवैमा रहेको तीनकुनेमा हिंसा भड्काउने अभिव्यक्ति दिने खालको प्रदर्शनमा भने रोक लगाइएको जिल्ला प्रशासनको भनाइ छ ।

दुर्गा प्रसाईले शुक्रबार ११ बजे भात खाएर तीनकुनेमा भेला हुन समर्थकहरुलाई आग्रह गरेका थिए । १० बजे गौशालामा भेला भएर तीनकुनेतर्फ आउने प्रसाईका समर्थकहरुको तयारी थियो ।

तर, सो क्षेत्रमा अहिले सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । यातायातका साधन निर्वाध चलिरहेका छन् । ११ बजेसम्म प्रदर्शनकारीहरु देखिएका छैनन् ।

प्रसाईँले भने  पूर्वअनुमति दिएर प्रशासनले कार्यक्रम गर्न नदिएको आरोप लगाएका छन् ।

याे पनि…..

प्रसाईँले भने– पूर्वअनुमति दिएर कार्यक्रम गर्न दिइएन  

आखिर तीनकुनेमा प्रदर्शन गर्न जिल्ला प्रशासनले किन रोक लगायो त ? काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यको प्रतिक्रिया यस्तो छ–

हिजो हामीले १२/१ बजेसम्म पर्खियौँ । उहाँहरूका तर्फबाट तीनकुनेमा कार्यक्रम गर्ने सन्दर्भमा प्रशासनसँग कुनै पनि अनुमति नलिई, कुनै सम्पर्क समन्वय जानकारी आएन । मिडियामा जुनखालको अराजक र उत्तेजक किसिमको अभिव्यक्ति आयो, त्यसपछि हामीले पूर्वआकलन गरेर तीनकुनेमा कार्यक्रम गर्न नदिने भएका छौँ । किनकि उनको कार्यक्रम सामाजिक सञ्जालबाट उत्तेजक, अराजक र हिंसा भड्काउने अभिव्यक्ति मात्र भयो ।

तीनकुने अन्तर्राष्ट्रिय एयरपोर्ट नजिक पनि भएकोले त्यस्तो ठाउँमा यस्तो गतिविधि गर्न हुँदैन । शान्तिपूर्ण कार्यक्रमका लागि भनेर उहाँहरूले समन्वय गरेको भए हामीले उपलब्ध गराउँथ्यौँ । कुनै पनि समन्वय नभएकाले उहाँहरूले पूर्ववत् रूपबाट बल्खुमा नै कार्यक्रम गर्न सक्नु हुन्छ । पछि उहाँहरूलाई उपयुक्त ठाउँहरू भयो भने प्रशासनको समन्वयमा हामीले संविधानअनुसार भेला, जम्मा हुने, विरोध प्रदर्शन गर्न पाउने अधिकारको व्यवस्था गर्छौं र सुरक्षा पनि प्रदान गर्छौँ ।’

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ५४ बजे

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका